नियम १४
एउटै नामबाट एक भन्दा बढी दल दर्ता नहुने

(१) एउटै नामबाट एकभन्दा बढी राजनैतिक दल निर्वाचन प्रयोजनको लागि दर्ता हुने छैन ।
(२) दल दर्ताको लागि निवेदन दिने दुई वा सोभन्दा बढी राजनैतिक दलको नाम एउटै देखिन आएमा आयोगले सम्बन्धित राजनैतिक दलसँग परामर्श गरी तत् सम्बन्धमा दलको नाम छुट्टा छुट्टै पहिचान हुन सक्ने गरी दर्ता गर्न सहमति कायम गर्ने प्रयास गर्नु पर्नेछ ।
(३) आयोगले उपदफा (२) बमोजिम राजनैतिक दलहरूसँग परामर्श गर्दा सम्बन्धित राजनैतिक दलहरूबीच दलहरूको नाम छुट्टा छुट्टै रूपमा पहिचान हुन सक्ने गरी दर्ता गर्न सहमति भएमा सोही बमोजिम आयोगले दल दर्ता गर्नु पर्नेछ ।
(४) राय परामर्शमा राजनैतिक दलहरूबीच सहमति कायम हुन नसकेमा आयोगले त्यस्ता दलहरू छुट्टा छुट्टै रूपमा पहिचान हुन सक्ने गरी दर्ता गर्ने निर्णय गर्नु पर्नेछ ।